Saturday 7 May 2016

डढेलोको फन्दामा परेको कोटडाँडा

एक हप्ता अगाडि, पानी पर्नु अघि, देशका बिभिन्न ठाउँमा डढेलो सल्किएको बेलामा, बिशंखु नारायण माथिको डाँडा पनि त्यस्तै डढेलोको चपेटामा पर्‍यो । त्यो शुक्रबार काठमाण्डुबाटै देखिन्थ्यो धुवाँको मुस्लो सिंगो कोटडाँडालाई नै ढाक्ने गरि फैलिएको । तर जे भएको थियो त्यो त राती नै भएको
रहेछ । रातभर गाउँबासीको नसुतेर, आगोको घेरालाई बस्तितिर नछिर्न, अनेक जुक्ति झिकेका
रहेछन् । रातभरको मिहेनतले गर्दा, मानवीय र धनजनको क्षति हुनबाट जोगिएको रहेछ । जोगिने घरबारी मध्ये हाम्रो पनि पर्‍यो, कोटडाँडाबासीको कृपाले । आज माथि जाँदा अलिकति भेउ पायौँ हामीले त्यहाँ राती कस्तो भयाबह स्थिति थियो भनेर ।
जति जीवजन्तु भाग्न सके, ती त बचे होलान, तर चल्ला काड्ने बेला, गुँडमा रहेका बचेराहरू, अनि छिटो हिँडन् उफ्रन नसक्ने किरा फटेङ्रा र अन्य जीवजन्तु त कत्ति मरे होलान् । लुक्ने, बस्ने ठाउँ डढेर होला, बाघ (पाटे बाघ पनि चितुवा पनि, दुबै थरी, भन्छन् गाउँबासीहरू) पनि बस्तिमा चाहार्न थालेका छन् रे । पाठाहरू बेपत्ता पारेका छन् रे, गर्जँदै कान्ला कान्ला हिँडेका छन् रे । भुकम्पले घरबार भत्काएर कटेरोमा आफु र बस्तुभाउ पनि बस्न बाध्य भएको बेला, आगो र जन्तु सँग जोगिनु परेको छ कोटबासीलाई ।
 
 
तलैबाट देखिन्थ्यो डढेलोले कसरी तल देखि माथि सम्म बन मासेको रहेछ भनेर...
 माथि जाँदै गर्दा कतै भसक्कै पारेको देखिन्थ्यो भने, कतै हरियाली जोगिएको पनि देखियो
 स-साना बुटाहरू चाँही जलेका,
 सल्लाको चाँही कालो खम्बा सरि डढेका
 डढेको सल्लाघारी
 'फाएर ब्रेक' को काम गर्नु पर्ने सडक, तर त्यसो भएन । बतासले दन्काएको आगोको लप्काले यो सडकलाई सजिलै पार गरेछ
 एक हप्ता अघि, पुरै कालो भएर डढेको जमिनलाई सुकेर झरेको सल्लाको पातले ढाकी सकेछ
 आगो कताबाट कतागएको थियो भन्ने कुरा यो रूखको डढेका पातबाट थाहा हुन्छ , सबै उँभो फर्किएका छन्
 सेपिया रङ पोतिएको जस्तो बन
आगोले कुन रूखलाई कत्तिको खायो भनेर प्रश्ट देखिन्छ, कुनै पूरै डढेका, कुनैलाई आगो राफले मात्र छोएको, कुनै  माथिबाट हरियो पलाइसकेका, अनि कुनै सग्लै...
 यो रूखको आधा भागमात्र डढेलोको फन्दामा परेछ
 कोटबासीको मिहेनतले, आगो यो बाटो भन्दा आउनबाट रोकिएछ । हाम्रो घरको गेटकै छेउ सम्म पुगिसकेको रहेछ ।
 
 
बाक्लो झाडी भएको ठाँउ त अब छ्याङै देखिने भएछ  
डढेर  कुनै रूखहरूका पात कालो, कुनै खैरो, कुनै चाँही सेतो ।  श्यामश्‍वेत  फोटो जस्तै
 
 हरियो हुनु पर्ने सल्लाघारी...
यस्तै बादलबाट घाम चिहाउने होइन, पानी अझै परिदिए त देशभर अझै सल्किरहेका डढेलोहरू निभ्ने थिए