Tuesday 2 January 2024

flying things, himals, lapsi and valley floor

 we were up in kot over new years... the winter haze covered most of the valley as well as the himals. mornings with chirping and flitting birds were wonderful- to hear and see.  as usual primary activity in kot is looking at mountains, the valley floor, trees, and things that fly, including birds and planes! 

a pair of himalayan bulbuls, जुरेलि,  atop a lapsi tree.. some lapsis decided to brave the winter chill!

.. and then these little birds... not much bigger than the lapsis... this yellow beauty is the himalayan black-lored tit...

... and this other one.. the cinerous tit atop a lapsi cluster...

had a hard time identifying this oriental turtle dove ढुकुर .. turns out it is a juvenile one and doesn't yet have spots on the sides of its neck

what a beauty this blue whistling thrush.. equally melodious its whistling...

... and different sizes and hues if the great barbet न्याउली with their almost mournful cries



... the one on the right is large cuckoo shrike... and a closer look of the bird on the left is below...

... the large billed crow कालोकाग...

... and below are bird sounds in the morning.. from little chirps to cackling...



... it is fascinating to watch the immediate southern view of the valley with its mist-wrapped terrain early in the morning before sunrise...  the pinkish sky...

... that begins to turn orangish...

... and this is the northern view of the himalaya... before sunrise...



...an early morning panorama of the valley below and the himals beyond...


... once the  sun's rays hit the himals.. the birds (the steel ones) चीलगाडी take flight to the everest region and back.. this an atr...

...  and this an lta-410 ... off on a mountain flight or a trip to lukla..

... ganesh himal range glowing a deep orange with the added haze..
.. and himalchuli with manaslu.. the annapurnas were blocked by the winter haze..

.. close-up of ganesh 3...

...ganesh 2...

... ganesh 1...

.... and himalchuli...

... a closer look at the mushrooming houses now hugging the hillsides of the valley...


... ganesh himal range behind the lapsi tree, as the sun comes further up...

... and of course the mountain flights comeback to kathmandu..
shree's bombardier dash-8

... buddha's atr...

... and yeti's  twin otter...

... this was the last sunset of 2023...

... and this the first one of 2024...

... the lapsi trees catch the ruddy evening light of sunset...

... and as night falls, the birds are silent... but its the dogs in the distance barking on and on...


.. and what is a chilly hillside evening without a warm fire in an upcycled
washing machine drum!

... iti...

Monday 24 April 2023

त्रिशुलीको सेरो फेरो



 

एको हप्ता कुरिनटारमा तीन दिन बिताउने मौका जुर्‍यो । कोभिडको लकडाउन देखि काठमाण्डुमै थन्किन बाध्य भएकोले मेरालागि उपत्यका बाहिरको यो यात्रा मिश्रित भाव जगाउने खालको भयो । जताततै डढेलोको धुँवाले गर्दा तुवाँलोले ढाकेको आकाश, यताउति बाटो खनेर गएका पहिरो, माटोले बोझिलो भएर अक्सर सुस्तरी बग्‍ने नदीनाला, र नदीबगरमा देखिने फोहोरले मन खिन्न पार्ने । तर ढुंगा भेटेर त्यतो माथि नाच्‍न पाएको नदीको खुशी देख्दा, नदी वारापार बनेका पुलहरू देख्दा, बसन्तमा जोडी फकाउन गुञ्जिएको चराहरूको गीत सुन्न पाउँदा भने मन आनन्दित! यी तिनै दिनमा मेरो क्यामेरा र फोनमा मैले कैद गरेका तस्बीरहरू हुन्  ।


आकाशतिर हेर्दा

काठमाण्डुदेखि नै हामीलाई तुवाँलोले छाडेन । अझ जति पश्चिम लाग्यौँ र डढेलोको चपेटामा परेका डाँडा नजिक पुग्यौँ, उति बाक्लियो तुवाँलो । पहिलो दिन हेलिकप्टरको आवाज सुने पनि, त्यसलाई पत्ता लगाउन निकै मुश्किल परेको थियो । क्यामेराले अलि जूम गरेपछि भेँटेँ त्यो सेनाको चपर!


त्यै तुवाँलोले गर्दा भने सुर्यास्त कत्ति रमणीय हुने! जति फोहोर आकाश, उति राम्रो देखिने सुन्तले आकाश!



बकाइनोको बोटको  पृष्टभूमीमा अस्ताउन लागेको घाम...


नदी पारीका रूखसित त्यै सूर्य

बादलसित लुकामारी खेल्न लागेको घाम...

...अलि नजिकबाट हेर्दा...

दोस्रो दिन दिँसो हावा चलेपछि परको डाँडा बल्ल अलि नियाल्न पाइयो

बाँसबीचबाटको घाम पनि अलि पहेँलीएको थियो...

त्यो बेलुकी आकाशको  रूपपनि अर्कै देखियो

भोली पल्ट बिहान पनि आकाश अलि खुलेको थियो...

अलिकति नीलो आकाशपनि भेटियो...

नदी, पानी र बगर
पूलको जालीबाट मुनी हेर्दा...

बेलुकीको सुन्तली घाम पानीमा पर्दा

पानीमा सुन छरिँदा...

अनि त्यै सुनौला छिर्कनासँग मिल्काइएका प्लास्टिकहरू तैरिँदै

...अनि यो बोतलकोपनि उही हाल...

धेरै जसो ठाउँमा नदीबाट ढुङ्गा निकालिएको र बालुवापखालिएको लेदोले मन्द गतिमा चुपचाप
बग्‍ने रैछिन्  त्रिशुली... 



... अनि ढुङ्गा भेटेपछि  बल्ल  हर्षले उफ्रँदै छालमार्ने रैछिन्!




त्यै छालको लहरमा  टायरको ट्युबमा कावा खेल्दै स्थानिय युबक




नदी बगरमा मन छुने र मन कुँडिने दृश्य

डोजरले नभेटेका (कतिसम्मलाई?) नखारिएका ढुङ्गाहरू

एकै ठाउँमा कति थरिका पत्थर भेटिने!


बर्षे भेल सुस्ताएपछि स-साना बिरुवा हुर्किन खोज्छन् ... कोही बालुवामा...


...कोही ढुङ्गाको कापमा...

कुनै बेला बाढीले थुपारेको पाँगोमाटो अर्को बाढीले बगाएर लान सक्छ । तर त्यै नरम माटोमा गौँथलीले आफ्नो डेरा खोप्‍न सक्छन्...



कुनै कीराले भने बालुवामा ओडार बनाएर बस्‍ने रैछन्...

राफ्टिङको लागि प्रख्यात त्रिशुली नदीको बगरमा पर्यटकहरूकालागि बास बिसाइन्छ, राति धूनी जगाइन्छ । त्यस्तै एउटा डढेको मुडामा बनेको माछाको जस्तो कत्ला बुट्टा


त्यस्तै रमाइलो गर्न खोला बगरमा आउने मानिसहरूले भने अरूहरूलाई जोखिम पुग्‍नेगरि बियरका बोतलहरू फुटाएर छाड्ने रैछन्...



नदीमाथिका पुल

राजमार्ग छेउ त्रिशुलीमाथि केही वर्ष यता धेरै मोटर कुद्‍ने पुल बनेछन् । तुइन त बिस्थापित नै भएका
 रैछन् । झोलुङ्गे पुलहरूले पनि धेरै सहज बनाएको रैछ बस्तिलाई बजारसित जोड्न ...




यो चाहीँ धारापानीको झोलुङ्गे पुल



बजार गरेर फर्कँदै महिलाहरू



...अनि फुर्सदमा फोनमा नेट नियाल्दै युवाहरू...


बसन्तमा झुमेका बोटबिरुवा र चराहरू

सिमल फुलेर कपासपनि छरि सकेछ ...

...तर सालको रूखहरूभने फुलेर जंगल नै हलुका हरियो पारिदेकाछन्...


धारापानीको बडेमानको बरको रूख...

...र त्यहाँबाट देखिने त्रिशुली नदी

हामी बसेको रिभरसाइड स्प्रिङ्ग रिजोर्माटमा टन्नै रूख छन् कोही पुराना अजंगका, कोही अलि नयाँ र साना..

रिजोर्टको बाँसघारीको द्वार

डुम्री (क्लस्टर फिग) को रूखमा पाकेको फल...

बसन्त याम, बिहान झिसमिसमै चराको चिरबिर गुञ्जिने रिजोर्टमा...


सबै भन्दा बढि सुनिने चाहीँ कोइलीको कुहुकुहु

हाम्रो छाप्रो माथि गुलमोहरको रूखमा बसेर यो लाटोकोसेरो पुर्र पुर्र गरेर घुर्दै थियो...



नदी बगरमा निकै चुरफुर र खलबल गर्दै थियो यो हुटिट्याउँ!
एका बिहानैको चराको कोरस!



पीर पर्ने कुरा

गिट्टी र बालुवाको दोहनले त्रिशुलीको बग्ने गति नै लोसे भएको छ, पानी मड्किलो भएको छ, र बगर छेउमा लेउ जम्‍न थालेको छ... 
नदीको गिट्टी कुट्ने क्रशर

दोहन गर्न बाटो बनाउदै हो?

चिथोरिएका पाखा... कोही घर बनाउन...

...कोही बालुवा माटोको व्यापारकालागि...


काठमाण्डुमा जस्तै पहिला खेतियोग्य जमिन ईँटाभट्टालाई सुम्पिने, अनि त्यसपछि प्लटिङ गर्ने
ठेकेदारलाई त होला नी! :(

अनि फेरि बाटो खन्दाखेरि जाने पहिरोहरूपनि त्यत्तिकै..


फोहोर पहिला बगरमा, अनि सिधै खोलामा...

हावा दुषीत बनाउने डढेलो त कतिकति, साना ठूला...


राती रिजोर्टबाट देखिएको त्रिशुलीपारीको डाँडामा लागेको डढेलो...



आशाका किरणहरू

धार्केमा समुदाय मिलेर वाइन बनाउन मज्जाले  अङ्गूर खेति गर्दै रैछन्


देशमा बिजुली गाडीको संख्या बडे सँगै राजमार्गमा ठाउठाउँमा पनि तिनकालागि चार्जीङ स्टेशनहरू खुलेको, बन्दै‍ गरेको देख्दा आनन्द लाग्‍ने :) 

ईति!
####