गएको हप्ता कुरिनटारमा तीन दिन बिताउने मौका जुर्यो । कोभिडको लकडाउन देखि काठमाण्डुमै थन्किन बाध्य भएकोले मेरालागि उपत्यका बाहिरको यो यात्रा मिश्रित भाव जगाउने खालको भयो । जताततै डढेलोको धुँवाले गर्दा तुवाँलोले ढाकेको आकाश, यताउति बाटो खनेर गएका पहिरो, माटोले बोझिलो भएर अक्सर सुस्तरी बग्ने नदीनाला, र नदीबगरमा देखिने फोहोरले मन खिन्न पार्ने । तर ढुंगा भेटेर त्यतो माथि नाच्न पाएको नदीको खुशी देख्दा, नदी वारापार बनेका पुलहरू देख्दा, बसन्तमा जोडी फकाउन गुञ्जिएको चराहरूको गीत सुन्न पाउँदा भने मन आनन्दित! यी तिनै दिनमा मेरो क्यामेरा र फोनमा मैले कैद गरेका तस्बीरहरू हुन् ।
आकाशतिर हेर्दा
काठमाण्डुदेखि नै हामीलाई तुवाँलोले छाडेन । अझ जति पश्चिम लाग्यौँ र डढेलोको चपेटामा परेका डाँडा नजिक पुग्यौँ, उति बाक्लियो तुवाँलो । पहिलो दिन हेलिकप्टरको आवाज सुने पनि, त्यसलाई पत्ता लगाउन निकै मुश्किल परेको थियो । क्यामेराले अलि जूम गरेपछि भेँटेँ त्यो सेनाको चपर!
त्यै तुवाँलोले गर्दा भने सुर्यास्त कत्ति रमणीय हुने! जति फोहोर आकाश, उति राम्रो देखिने सुन्तले आकाश!
बकाइनोको बोटको पृष्टभूमीमा अस्ताउन लागेको घाम...
नदी पारीका रूखसित त्यै सूर्य
बादलसित लुकामारी खेल्न लागेको घाम...
...अलि नजिकबाट हेर्दा...
दोस्रो दिन दिँसो हावा चलेपछि परको डाँडा बल्ल अलि नियाल्न पाइयो
बाँसबीचबाटको घाम पनि अलि पहेँलीएको थियो...
त्यो बेलुकी आकाशको रूपपनि अर्कै देखियो
भोली पल्ट बिहान पनि आकाश अलि खुलेको थियो...
अलिकति नीलो आकाशपनि भेटियो...
नदी, पानी र बगर
पूलको जालीबाट मुनी हेर्दा...
बेलुकीको सुन्तली घाम पानीमा पर्दा
पानीमा सुन छरिँदा...
अनि त्यै सुनौला छिर्कनासँग मिल्काइएका प्लास्टिकहरू तैरिँदै
...अनि यो बोतलकोपनि उही हाल...
धेरै जसो ठाउँमा नदीबाट ढुङ्गा निकालिएको र बालुवापखालिएको लेदोले मन्द गतिमा चुपचाप
बग्ने रैछिन् त्रिशुली...
बग्ने रैछिन् त्रिशुली...
... अनि ढुङ्गा भेटेपछि बल्ल हर्षले उफ्रँदै छालमार्ने रैछिन्!
त्यै छालको लहरमा टायरको ट्युबमा कावा खेल्दै स्थानिय युबक
नदी बगरमा मन छुने र मन कुँडिने दृश्य
डोजरले नभेटेका (कतिसम्मलाई?) नखारिएका ढुङ्गाहरू
एकै ठाउँमा कति थरिका पत्थर भेटिने!
बर्षे भेल सुस्ताएपछि स-साना बिरुवा हुर्किन खोज्छन् ... कोही बालुवामा...
...कोही ढुङ्गाको कापमा...
कुनै बेला बाढीले थुपारेको पाँगोमाटो अर्को बाढीले बगाएर लान सक्छ । तर त्यै नरम माटोमा गौँथलीले आफ्नो डेरा खोप्न सक्छन्...
कुनै कीराले भने बालुवामा ओडार बनाएर बस्ने रैछन्...
राफ्टिङको लागि प्रख्यात त्रिशुली नदीको बगरमा पर्यटकहरूकालागि बास बिसाइन्छ, राति धूनी जगाइन्छ । त्यस्तै एउटा डढेको मुडामा बनेको माछाको जस्तो कत्ला बुट्टा
त्यस्तै रमाइलो गर्न खोला बगरमा आउने मानिसहरूले भने अरूहरूलाई जोखिम पुग्नेगरि बियरका बोतलहरू फुटाएर छाड्ने रैछन्...
नदीमाथिका पुल
राजमार्ग छेउ त्रिशुलीमाथि केही वर्ष यता धेरै मोटर कुद्ने पुल बनेछन् । तुइन त बिस्थापित नै भएका
रैछन् । झोलुङ्गे पुलहरूले पनि धेरै सहज बनाएको रैछ बस्तिलाई बजारसित जोड्न ...
बसन्तमा झुमेका बोटबिरुवा र चराहरू
सिमल फुलेर कपासपनि छरि सकेछ ...
...तर सालको रूखहरूभने फुलेर जंगल नै हलुका हरियो पारिदेकाछन्...
धारापानीको बडेमानको बरको रूख...
...र त्यहाँबाट देखिने त्रिशुली नदी
रिजोर्टको बाँसघारीको द्वार
सबै भन्दा बढि सुनिने चाहीँ कोइलीको कुहुकुहु
हाम्रो छाप्रो माथि गुलमोहरको रूखमा बसेर यो लाटोकोसेरो पुर्र पुर्र गरेर घुर्दै थियो...
एका बिहानैको चराको कोरस!
पीर पर्ने कुरा
गिट्टी र बालुवाको दोहनले त्रिशुलीको बग्ने गति नै लोसे भएको छ, पानी मड्किलो भएको छ, र बगर छेउमा लेउ जम्न थालेको छ...
नदीको गिट्टी कुट्ने क्रशर
दोहन गर्न बाटो बनाउदै हो?
चिथोरिएका पाखा... कोही घर बनाउन...
...कोही बालुवा माटोको व्यापारकालागि...
काठमाण्डुमा जस्तै पहिला खेतियोग्य जमिन ईँटाभट्टालाई सुम्पिने, अनि त्यसपछि प्लटिङ गर्ने
ठेकेदारलाई त होला नी! :(
ठेकेदारलाई त होला नी! :(
अनि फेरि बाटो खन्दाखेरि जाने पहिरोहरूपनि त्यत्तिकै..
फोहोर पहिला बगरमा, अनि सिधै खोलामा...
हावा दुषीत बनाउने डढेलो त कतिकति, साना ठूला...
राती रिजोर्टबाट देखिएको त्रिशुलीपारीको डाँडामा लागेको डढेलो...
ईति!
आशाका किरणहरू
धार्केमा समुदाय मिलेर वाइन बनाउन मज्जाले अङ्गूर खेति गर्दै रैछन्
देशमा बिजुली गाडीको संख्या बडे सँगै राजमार्गमा ठाउठाउँमा पनि तिनकालागि चार्जीङ स्टेशनहरू खुलेको, बन्दै गरेको देख्दा आनन्द लाग्ने :)
ईति!
####