बन्दाबन्दी बीच धेरै भएको थियो कोट नगएको । आज सँधैको बाटो बिग्रिएकोले घुमेर धापाखेल र सन्तानेश्वर माहादेवको बाटो हुँदै गइयो । फलस्वरूप पाक्दै गरेको धानका खेत हेर्न पाइयो, र साथै, त्यस्ता खेत र पाखालाई प्लटिङको भूतले कपलक्क खाँदै गरेको पनि देखियो । त्यसैले मन कहिले हर्षित कहिले कुँढिने ! :(
धापाखेल मूल बाटो बाट पूर्व लागेपछि, धानको बहार देखियो ! पर देखिएको हाम्रो गन्तव्य कोट डाँडा
अगाडि धान, पछाडि सन्तानेश्वर महादेव
उकाली ओराली गर्दै बल्ल सन्तानेश्र महादेव नजिक आइ पुगियो...
त्यहाँबाट फेरि तल झरेर ठाडै उकालो बाँडेगाउँतिर.. पर देखिएको गोदाबरी
बाँडेगाउँ कटेर गोदाबरी खोला तिर झर्ने बेलामा । पहिला खेतै खेत हुने ठाउँमा घरहरू उम्रेकाछन् ...
जग्गा प्लटिङ गरेर बिक्री गर्ने 'रोग' आजकल उँभो लागेको छ । डाँडालाई डोजरले चिथोरेर घडेरीमा परिणत गर्न थालिएको छ ।
अझ मन कटक्क गर्ने त यो हो ... धार्मिक स्थल बिशंखुनारायण मन्दिरको ठीक माथि यो चर्तिकला चल्दै छ । कहाँ के गर्ने भन्ने हेक्का कसले राख्ने ?
यो सामुदायिक बन क्षेत्रलाई तारबार गरि निर्माण कार्य हुँदै छ...
मन्दिर माथिको एरियामा पनि तारबार, रू १० तिरेर छिर्ने बनाइएको रहेछ
कोटबाट फर्कँदा, बिष्टछापको (अझैपनि) मनमोहक खेतहरूको दृश्य
बाँडेगाउँबाट दक्षिण लाग्दाका खेतहरू
सन्तानेश्वर महादेव मुनीबाट पुर्वतिर हेर्दा । परपट्टि फुलचोकी
धापाखेलबाट पश्चिमको दृश्य... परतिर चन्द्रागिरी
अनि झन पर तुवाँलोले ढाक्न खोजेको हिमालचुली
गोधुलीलाई छेड्दै गणेश हिमाल, हिमालचुली र हो कि हैन जस्तै गरि अन्नपूर्ण२ पनि
फर्केर हेर्दा -- कोट माथिबाट देखिएको अलि 'सोमतिलो' प्लटिङ...
.
.. र मुरली माउनटेनमा गरिएको मननै भक्कानिने बेढंगी प्लटिङ
ईति...
No comments:
Post a Comment