बन्दाबन्दीपछि बाहिर हिँडेको आजै हो । राती परेको मुसलधारे पानीले सफा पारेको बातावरण ! मन्सूनको पानीले पखालिएका रूखका हरिया चिल्ला पात... हिँड्दा कति मज्जा आयो ! सँधै यस्तै सफा हावा भए... ! शिवरात्रीको अघिल्लो दिन टुँडिखेल वरिपरी हिँडेकी, कत्ति फरक भईसके छ सिनसिनरी !

पुरानो बस पार्कको "भ्यू टावर" को निर्मण सुचारु रैछ । "अरू थुप्रै 'मल' र यताउति हेर्न धरहरा हुँदा हुँदै अर्को भ्युटावर चाहिँदैन, बरू शहरको लागि पार्किङ लट बनाउ" भनेर सबले दबाब दिएको काम लागेन जस्तो छ । :(

बर्षाको पानीले सबैतिर हरियाली छाएको छ । खुला मञ्चमा पनि घाँस मौलाएछ !

खुलामञ्चको चर्पी टहराहरू उडेछन् ...

अस्थायी बसपार्कपनि हटाइएछ । बाँकी रह्यो त्यहाँको पीच र ढलान उखल्न... अनि कोभिडको कहर पछि जनता भेला हुने ठाउँ पाउनेछन् !

शनिबार बिहान भएकोले गाडी र बाइकको चाप पनि कम, त्यसैले ध्वनी प्रदूषणपनि न्यून !

टुँडिखेलको यही ठाउँबाट २०७२ बैशाख १२ शनीबार बेलुकी फोटो खिचेकी थिएँ । चौर भरि मानिस र बाइकहरू, पृष्टभुमीमा धरहरा नभएको रिक्तता थियो । अहिले हरियो टूँडिखेल पछाडि अलि अझै बानी पर्न नसकेको 'मोटो' धरहरा उभिएको छ ...

जेफ बेजोसको "न्यू शेपार्ड" लाई माथ गर्ने बार्दली सहितको डिजाइन छ हाम्रो धरहराको । इन्धन हाले अन्तरिक्षलाई चुम्न तयार ! :)

भुकम्प ढिस्को पनि हरियै भएछ ! यो ढिस्को कि भुकम्पको भग्नावशेषबाट निकालिएको माटो, या भुकम्पका कारण धरहरा जस्ता नयाँ संरचना बनाउदा उत्खनन गरिएको माटोले बनेको हो । यसलाई बृहत टुँडिखेलको परियोजनामा यथावत राख्न पाए गजब हुने थियो । यसमा ठाउँ र महत्व अनुसारका बोट बिरुवा लगाए, वरिपरि हिँडने गोरेटो बनाए कति मार्मिक हुन्थ्यो, रमणीय देखिने थियो ...

भुकम्प ढिस्को माथिबाट चिहाएको धरहरा...

भृकुटी मण्डपको अव्यवस्थित हङकङ बजार । शहरको माझमा आगलागीको सबैभन्दा जोखिम भएको ठाउँ ...


बर्षाको ओसले भद्रकाली वरिपरीको ईँट्टामा हरियो काई लागेकोपनि कति राम्रो देखिएको...

वर्षामाझ खुलेको नीलो आकाश...

हरियाली छाएको जाकराण्डा...

मिमोसापनि फुलेको रैछ...

हरियाली र धरहरा ... १

हरियाली र धरहरा ... २

हरियाली र धरहरा ... ३

हरियाली र धरहरा ... ४ (आर्मीको लक्ष्मण रेखा सहितको टुँडिखेलपनि)

हरियो जाकराण्डा र नीलो आकाश ... १
हरियो जाकराण्डा र नीलो आकाश ... २
No comments:
Post a Comment