Saturday, 29 June 2019

भकारीको व्यथा

 

बागमती किनार फेरि हिँड्न लायक बनाउने जमर्को भइरहेको बेला हिजो हामी १०-१२ जना स्टोरीसाइकल (storycycle) ले आयोजना गरेको "बागमती प्रोमनाडको "२ किलोमिटर बाटो हिँड्यौँ । त्यहाँ आफुले देखेको र सुनेको बारे १-२ ब्लग तयार पार्ने क्रममा यो पहिलो चाहीँ, खालि भकारीको बारेमा । भकारी भन्नाले धान राख्ने भकारी जस्तै नदी किनारको घाटमा ढुङ्गाले बनाइएका गोलोगोलो थुम्का हुन्, जसमाथि फराकिलो भएको कारण लुगा धुने, लुगा वा बिस्कुन सुकाउने काम गरिन्थ्यो, र नदीमा पानी टन्न  भएको बेलामा पानीमा हामफाल्ने ठाउँ को काम पनि गर्थ्यो ।  हामी हिँड्ने क्रममा मन्दिर र अरू धार्मिक तथा कलाकारिताका वस्तुले मेरा आँखा त ताने नै, तर सबै भन्दा मलाई खट्किएको कुरो थियो साँघुरिएको बागमती, जसको प्रमाण थिए, यीनै भकारी, नदीबाट टाढिएका भकारीहरू । त्यसैले यो पहिलो  फोटो ब्लग यसै बिषयमा ।

 
म जन्मिने ताका (६० वर्ष भन्दा अघि) खिचिएको तलको फोटोमा थापाथली, त्रिपुरेश्‍वरका घाटमा लहरै भकारी देखिन्छन् । टन्न बालुवा माथि पातलिएर फैलिएको बागमती‍को पानी घाटको सिँढी र भकारीको पीँधसम्म पुग्ने गर्थ्यो ।
(photo credit: By Etter Studio - bonn_13, CC BY 2.0, https://commons.wikimedia.org/w/index.php?curid=17298488)
 
टोनी हागनले त्यत्ति नै बेला खिचेको अर्को तस्बिरमा बर्षाले बढाएको बागमतीको पानीले भकारीलाई छोएको देखिन्छ...
 
... अनि तलको यो झण्डै एक शताब्दी अघिको तस्बिरमा भने, वर्षाको भेलले बढेको बागमतीले भकारीलाई समेत डुबाउन लागेको देखिन्छ ।
 
त्यही बागमतीको पानीसित नातो जोडेका भकारीहरूको अहिलेको हाल अब तलका तस्बिरहरूमा...
 
यो हो चन्द्रघाट नजिकको भकारी...
 यो भकारी चन्द्रघाट कै हो । यो आँखा अस्पताल को पछाडि पर्छ, जहाँ अहिले प्रहरीले बास बसिरहेको छ, त्यसैले घाटको पेटीबाट हामी तल झर्नु पर्छ, पहिलेको बागमती बग्‍ने सतहमा...
 ... यो भकारी सम्म अब पानी आउँदैन । बालुवा उत्खनन र  प्रदूषणले खुम्चिएर गहिरो बग्‍न बाध्य भएको बागमतीलाई  (र उपत्यकाका अरू नदीलाई पनि) फेरि दुई पर्खाल बीच बग्‍न सीमित गराइए पछिको खाली ठाउँ हो यो । यो अहिले विश्‍वनिकेतन स्कूलको खेल मैदानमा परिणत भएको छ ।
 पुरेत घाटको नजिकतिर यस्तो भकारी देखियो । कुन सत्तलको खम्बा मुनिका सिंहका मूर्तिहरू, अनि फेरि कता तिर भेटिएको शिवलिङ्गलाई ऐकै ठाउँमा राखेर पुजिने ठाउँ बनाइएको रहेछ ... 
 ... अलि पर, अलि बढि अपहेलित भकारी...
 ..। अनि त्यहीँ नजिकै , बागमती छेउका नयाँ बासिन्दाहरूका लागि भकारीहरू ठडाइएका पानी ट्याञ्कीहरू...
 झारले पुर्नै आँटेको भकारी...
 ... अनि गाईको गोबर र रछानको दुर्गन्धमाझ बाँच्न खोजेको भकारी...
 हनुमान घाट नजिक यो भकारीले अलि इज्जत पाएको रहेछ। यहाँ त बागमती पनि अलि वर सम्म बगेकीछिन्...
... त्यो भन्दा पर फेरि स्याहार नपाइको भकारी... 
 पचली आईपुग्दा घाट, र दबिएको भकारी पनि, अलि सफा देखियो... 
 कालो "झोलुङ्गे" पुल नजिक भने यो भकारी खस्किँदै छ...
 पूल पछि, त भकारी र बागमतीलाई यो काँडेतारले बारिएको  चिन्तामणि पञ्चनारी कर्म पार्कले पारपाचुके झैँ गराइदिएको छ ...
 टेकु दोभान नजिकैको दाहसंस्कार गर्ने स्थलमा भकारी माथि थुपारीएको काठ...
 ...चिता जलाउने स्थल नजिकको भकारी...
 बागमती भन्दा बिश्णुमती वर पर्ने टेकु दोभान नजिकको यो भकारी... 
 ... फर्केर हेर्दा उही भकारी, दुई दिनको जिन्दगी दर्शाउने चिताको सामाग्रीको थुप्रो अगाडि...
 
टेकु दोभानमा गएर यी भकारीहरूको बागमतीसित को नाता तोडिन्थ्यो । उहिले । अहिले त हामी र हाम्रो लोभ, र गलत नीतिले बागमती र यी भकारीहरूको सम्बन्ध विच्छेद गराइ दिएका छौँ । अब "बागमती प्रोमनाड" को लागि काममा जुटेर यी भकारीहरूको बागमतीसित मिलन गराउनु छ । अनि मात्र अन्त्य हुन्छ भकारीको व्यथा ...

Wednesday, 26 June 2019

रूखै रूख र बाँदर - भण्डारखाल जाँदा

हिजो (मंगलबार) बिहान म पहिलो चोटी गौशालाको भण्डारखाल पुगेँ, केही 'हरित-प्रेमी' साथीहरूसित। हामीहरू काठमाण्डु खाल्डोमा, विशेष गरि, खुला स्थललाई मास्न नपाइने, हरित क्षेत्र कसरी जोगाउने बारे चिन्तित व्यक्तिहरू "केहि गरौँ" भन्ने जोशमा  हरित-स्थलहरूको अवलोकन गर्ने क्रममा गौशाला पुगेका थियौँ । भण्डारखालको हरियाली देखेर मुग्ध भएँ म । पुरै चक्कर मारेँ, साथीहरूसित, अनि एक्लै पनि । त्यो ठाउँलाई अलि व्यवस्थित गर्न सके, यो सिमन्टी र पिचले ओगटेको शहरबासीहरूले त्यहाँ गएर कत्ति राहत पाउन सक्थे होलान् ।  भण्डारखालको हरियालीमा आँखा र मन कत्ति रम्न पाउँथे ।

 
धेरैले भण्डारखाल जंगललाई हनुमानढोका स्थित भण्डारखाल बगैँचा सित अलमलिने गर्छन् । भण्डारखाल बगैँचामा बि.सं. १९०३मा जंग बहादुरले आफ्नो शत्रुहरूको संहार गरेका थिए, र सो घटनालाई भण्डारखाल पर्व भनिन थाल्यो । भण्डारखाल जंगल शान्त, शीतल छ, नरसंहारको छनक पनि छैन ! हो केही संहार गरिनु पर्छ भने, त्यहाँको बनमाराका झ्याङ, अनि केही छाँटिनु पर्छ भने त्यहाँका विभिन्न प्रजातिका जताततै सलबलाएका बोट बिरुवाहरू ।
 
यो बेगमबेलीको लहरा र मीठो बास्ना छरिरहेका हसिनाका बोटहरूलाई छाँटकाट गरिदिए कत्ति सुन्दर देखिने थियो...
 
 यो ठाउँमा बनमारा हटाएर, अरू फुलका बोटले सजाए गज्जब हुने थि‍यो...
 जंगलको वरिपरि, र बीचबीचमा ढुंगा छापेको बाटोहरू बनाइएका छन् । राम्रो । तर कुनै पनि आर्किटेक्ट सित परामर्श गरेको भए, यो सीधा बनाइनुको साटो, अलि प्रकृतिसँग मिल्ने, खोला जस्तै नागबेली बनाएको भए कत्ति राम्रो देखिन्थ्यो । 
यहाँ बिहान हिँड्न र दौडन आउनीहरू रूखै रूखको माझ मज्जाले सास फेर्न सक्छन् ।
 ...
 त्यहाँका रूख नै कत्ति थरी, कुनै, यो तलको सल्ला जस्तो , चाँही चिनिने, अरू, कोही रैथाने, कोही आयातित... टन्नै!

 
यी पनि सल्ला, तर अरू रूखहरूसित मिलीजुली हुर्केका...
 हरियोको बास...
 ...
कतै कतै सिमसार जस्तो पनि, यो उचाईमा...
कोही मसीना पातला...
...
 ... कोही ठूला, खाइलाग्दा...
माथितिर हेर्दा पनि उत्तिकै रमणीय
 ...
 तर मन काट्टिने चाँही, यी सुकेका, वा सुक्दै गएका रूखहरू देख्दा...
...
...
... अनि यस्ता चेपुवामा परेका स-साना रूख पनि, कसरी हुर्कनु यो रूख?
हरियाली माझ एउटा भग्नावशेष पनि रहेछ । पहिले धेरै जनाको देवाली गर्ने ठाउँ रहेछ भण्डारखाल...
 ... त्यसैले होला यो भित्ता छेउमा पनि कसैले पूजा गरेका...
उत्तर पट्टि यस्ता मौरीलाई तान्न सक्ने फूलहरू धेरै उम्रेका रैछन्
भण्डारखाल छिर्ने पूर्व पट्टिको गेट मात्र रहेछ, पश्चिम पट्टि बडेमानको रूख ढलेर पर्खाल र बार ढाले पछि, त्यताबाट पनि मानिस छिर्ने गर्दा रहेछन् ... तर दक्षिण पट्टिको पर्खालबाट पनि धेरैले आउजाउ गर्ने कुरो प्रस्टै बुझिन्छ... 
 ...
जंगल पहिला निकै नै घना थियो होला, तर अहिले धेरै ठाउँमा, खेलाडीहरूको कुल्च्याइबाट बुटाहरू मासिएर चौर जस्ता भएका छन्  
पदचापले मासिँदै गएको undergrowth मा फोहोर त्यत्तिकै छ.. अलि पर, कुनै सबैले पुज्न छाडिएका शिवलिङ्ग र चैत्य पनि देखिन्छन्...
 युवा र बालबालिकालाई शहरमा खेल्ने ठाउँको अभाव भएकोले, कत्तिले जंगल बीच खेल मैदान बिस्तार गर्दै छन्... कतै फुटसल...
 ...कतै क्रिकेट...
 ...
 भण्डारखालका बासिन्दा (बाँदर)लाई कुनै उदार दिल गरेका  वा धर्मात्मा व्यक्ति / व्यक्तिहरू ले रोजै खुवाउने गर्दा रहेछन् ... बिहान फलफुल, बेलुका रोटी... "भोले!" भनेर आए पछि, बाँदरहरू पछि पछि लागेर हातै थाप्ने! हिजो बिहान जाँदा आँप बाँडिदैं थियो... कत्ति रमाएर खाएका ती बाँदरहरूले !! हेर्नू तलको क्लिप र तसबिरहरू...
...
 ...
 ...
 ... (मलाई साह्रै मन परेको माउ र बच्चा)
 ... (यो माउको भने दुइटा बच्चा थिए)
 खुवाइ सके छि, सफा गर्ने बन्दोबस्त भने  गरेका रहेनछन् ...
फलफूल मात्र हैन, बाटोमा पतझर पनि सोहोरिँदो रहेनछ... 
 बढारी हाले पनि, डिलको पछाडि फालिने गरिँदो रहेछ । टन्टै साफ!
 
 
 भण्डारखाललाई व्यवस्थित पार्न, वडाकै युवाहरू जाग्नु पर्छ । त्यत्तिका मानिस आउने ठाउँमा चर्पीको व्यवस्था गरिनु पर्छ सर्वप्रथम । फोहोर व्यवस्थापन गरिनु पर्छ । अनि, धेरै ठाउँ नचाहिने खेलका लागि, सीमित ठाउँ तोकिनु पर्छ, ठूलो ठाउँ चाहिने खेलका लागि, नजिकका सिफलको मैदानमा, वा अन्तै  व्यवस्था गरिए गजब हुन्छ । धेरै ठाउँ नचाहिने, तर रूखै रुख, वा त्यहाँ पाइने रूखका ठुटाहरूलाई उपयोग गरेर स-साना बालबालिका खेल्ने  प्राकृतिक पार्क बनाए धेरै राम्रो हुने थियो ! कत्ति सम्भाव्यता बोकेको छ भण्डारखाल जंगलले !