Showing posts with label Kathmandu. Show all posts
Showing posts with label Kathmandu. Show all posts

Friday, 15 August 2025

डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार समर्पण समारोह - २०८२

श्रावण २५  गते २०८२ साल काठमाण्डुको बत्तिसपुतलीस्थित श्री रामचन्द्रमन्दिर परिसरमा डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार श्री रामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई समर्पण गरिएको थियो । 

स्व० प्रा. डा. बलराम जोशी नेपालका अग्रणी वैज्ञानिकमध्येका एक हुनुहुन्थ्यो, जो जीवनको रहस्यलाई वैज्ञानिक र आध्यात्मिक नजरले नियाल्न खोज्नु हुन्थ्यो । वहाँ २०५० सालमा बित्नु भएपछि, वहाँकी घर्मपत्नी स्व० अंगूरबाबा जोशीले २०५२ सालमा वहाँको स्मृतिमा डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठान स्थापना गर्नु भएको हो । 

हरेक वर्ष प्रदान गरिने सो पुरस्कार, १-१ वर्षको पालो गरि एक वर्ष विज्ञानको फाँटमा भने अर्को वर्ष ज्ञानको फाँटमा अर्पण गरिन्थ्यो । २०७७ मा ज्ञानक्षेत्रको पालो परेकाले अंगूरबाबा जोशीले राममन्दिरलाई पुरस्कार अर्पण गर्ने तीब्र इच्छा प्रकट गर्नु भएको थियो, तर वहाँको पुरस्कार अर्पण गर्ने केही महिना अघि नै निधन भयो ।  पाँच र्वषपछि, वहाँकै अन्तिम इच्छा अनुरूप डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई अर्पण गरिएको हो । पुरस्कार सो समितिका अध्यक्ष श्री डा० गोविन्द टण्डनले ग्रहण गर्नु भएको थियो ।  यो त्यही समारोहका तस्बीर र स-साना भिडियोहरूको संगालो हो ।

कार्यक्रम सुरु हुनु अघि  दुई पानसको बीचमा डा० बलराम जोशी, वहाँकी धर्प्रमपत्नी र प्रतिष्ठानकी संस्थापीका अध्यक्ष स्व० अंगूबाबा जोशी र प्रतिष्ठानकी संरक्षक तथा डा० जोशीकी आमा स्व० चन्द्र कुमारी जोशीको फोटो राखिएको थियो । बुहारी बितेको २ वर्षमा चन्द्र कुमारीपनि स्वर्गीय हुनु भएको हो । 

... बगलमा पुरस्कारमा अर्पण गरिने सामाग्रीहरू  घुम्टोभित्र पर्खिएर बसेका थिए...

... अनि हामीपनि तम्तयार भएर बसेका थियौँ ... दायाँबाट किरण राज जोशी, म, ज्योती जोशी शेरचन र
प्रभा जोशी रिजाल...

... रामचन्द्रमन्दिरमा पूजा सुरु गर्नुअघि  हामीलाई फोटोग्राफरले  अलि पोज गर्न लगाउनु भयो, हामीले पनि मान्यौँ ...

... मन्दिर असाध्यै राम्रो छ र शालिग्राम शीलाले बनेका श्रीराम, सीता, लक्षमण, भरत, शत्रुघनका पूर्णकदको मूर्तीहरू पनि भव्य छन् ...

... हामी भित्र पूजामा सामेल हुँदै गर्दा बाहिर पाहुनहरू आउन थालिसक्नु भएको थियो ...  त्यतिबेला नै अंगूरबाबाले लेख्‍नु भएको उक्तिहरूको सचित्र संगालो "दीक्षा" आगन्तुकहरूलाई बितरण गरिएको थियो ...

... सो पुस्तिका नियाल्दै पाहुनाहरू...


...श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिका सदस्यहरूपनि पाल्नु भएको थियो...

... सभा स्थल भरिँदै गयो...



...समारोहका प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू पाल्नु भएपछि, पहिला मन्दिरमा दर्शन गर्न जानु भयो ...

... र वहाँलाई सभास्थल भित्र स्वागत गर्नु भयो, समारोहका प्रमिुख वक्ता वरिष्ट  साहित्यका श्रीमती रमा शर्माज्यू ...

डा० बलारम जोशी तथा अंगूरबाबा जोशीका पनाति र पनातिनी - आदी शेरचन क्षेत्री र निस्तारा शेरचन प्रधान - ले प्रमुख  अतिथी तथा वक्तालाई माल्यार्पण गरि स्वागत गर्नु भयो...

... प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरि समारोहको समुद्घाटन गर्नु भयो ...
  

... प्रमुख अतिथि, वक्ता तथा प्रतिष्ठानका पदाधिकारीहरू माथि मञ्चमा उक्लिनु भएपछि, कार्यक्रम सुरु भयो...

... औपचारिक कार्यक्रम स्व० डा० बलराम जोशी  र प्रतिष्ठानको चिनारीवाट सुरु भयो । त्यसपछिका वक्तहरू स्व० अंगूरबाबा जोशीकै बारेमा केन्द्रित रहनु भयो ...

... श्रीमती  रमा शर्माजीले पद्वमकनया कलेजमा पढ्दाकी गुरू, स्व० अंगूरबाबा जोशीको एक प्राचार्या, लेखीका र समाज सेवीका पाटाहरूका बारेमा चर्चा गर्नु भयो  ...


... त्यसपछि, स्व० जोशीका १०  नातिनातीनाका तर्फबाट डा०  पूजा शेरचनले आफ्नो बालापन याद गर्दै  आफ्नी हजुरआमा "मामी" का बारेमा कवितात्मक प्रस्तुति गर्नु भयो -- कसरी आफ्ना नातिनतिनीहरूलाई सानै उमेरदेखि अध्यात्मको बीजारोपण गर्नुभयो भनेर...



... अनि श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिलाई अर्पण गरिने डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कारको सम्मानपत्र बाचेर सुनाइयो...



... अनि पालो भयो सो समितिका अध्यक्ष डा० गोविन्द टण्डनज्यूलाई पुरस्कार अर्पण । सबैभन्दा पहिले प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यूले दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो...

... त्यसपछि प्रतिष्ठानका कार्यवाहक अध्यक्ष  किरण राज जोशीले  वहाँलाई फूल र रुद्राक्षको माला लगाइदिनु भयो ... 

... अनि 
प्रतिष्ठानकी सह-कोषाध्यक्ष ज्योती जोशी शेरचनले सम्मान पत्र अर्पण गर्नु भयो ...

... आखिरमा, प्रतिष्ठानकी सह सदस्य-सचिव प्रभा जोशी रिजालले रू २००,००० (दुई लाख) को परस्कार थैली समितिका अध्यक्षलाई टक्राउनु भयो ...

... सामुहिक फोटोको पालो ...

...  डा० बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कारबाट सम्मानित श्रीरामचन्द्रमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिका अध्यक्ष डा०गोविन्द टण्डनज्यूले आफ्नो भनाई राख्नु भयो ...

... वहाँको मन्तव्यको केही अंश ...

... श्रोताहरू ...


... त्यसपछि प्रमुख अतिथि श्री १००८ महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यूले बोल्नु भयो, मुख्यत: अंगूरबाबा जोशी र वहाँले स्थापना गर्नु भएको 'समावेशी' गार्गी कन्या गुरुकुलका बारेमा ...

... स्वामीजीको मन्तव्यको छोटो अंश ...

... कार्यक्रमको अन्त्यतिर धन्यबाद ज्ञापन गर्नु भयो प्रतिष्ठानकी सदस्य श्री निर्मला पोखरेलज्यूले... वहाँले आफ्नो गुरू, दिज्जू, आमा, सहकर्मी, मार्गदर्शक, अंगूरबाबा जोशीका बारेमापनि संस्मरण गर्नु भयो  ...

... त्यसको केही अंश ...


... अन्तयमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष किरण राज जोशीले समारोहको समापनका बारेमा बोल्दै केही थप जानकारी दिनु भयो ...


... कार्यक्रमलाई बीट मार्दै रोशा फुँयाल र उनका वाद्यवादक मित्रहरूले श्रीराम को दुईवटा मनमुग्मीद पार्ने दुई वटा भजन प्रस्तुत गर्नु भयो ..




... भजनसितै जलपान सुरु भयो । त्यसैसाथ पुरस्कार अर्पण समारोहपनि टुङ्गियो ...

 ईती ...

Sunday, 21 November 2021

हिमालै हिमाल -- only himals

today was an exceptionally clear day (above the haze line that is!).. and a great day for himal-gazing.  after a long time one should see the entire annapurna range clear and bright from the rim of kathmandu valley. as the day wore on, the haze lifted up, but then as the evening took over, the golden rays of the sun started doing their trick on the himalaya -- painting them yellow, gold, orange and pink.. after sunset, the himals returned to their normal white attire...
i usually focus on the prominent peaks.. but this time the rest seemed to say.. take our close ups too.. so they are here too... nameless though they are (to me) 
most of the pictures (the closeups) were taken through the nikon coolpix p600, and some of the others by my samsung galaxy 8 phone.  thus there is a mix of far off shots, himals through the trees,, and bright ones are hazy ones of the himals to the east or west.... 
the morning view to the west, when the cold air had pushed the haze down ...

and to the north

annapurna and himalchuli through the lapsi trees
.. ganesh himal...

... and langtang et al...

langtang up close

gangchhempo .. with sishapangma behind it..
dom blanc
dorje lakpa
phurbi ghyachu
proof of reducing snow cover in the himalaya.. the tooth-edge crest of phurbi ghyachu that  we never saw before a couple of years ago...
... (himalaya experts please let me know the names of these peaks!)
...
chhoba bhamare
annapurna 2
annapurna 1 and south and machhapuchhre (?)

ganesh himal

ganesh himal

...
...

gauri shankar from between the trees

as the sun's angle shifts

hazy ganesh himals

a hazy himalchuli

golden tint starts getting added to the mountains






the sun dips behind the southwestern hills, but the high himalayan peaks continue to catch its ever-fading rays

.. yellow and  orange tint paint the himals


always striking is it's shape and cape of snow.. langtang himal

ganesh himal though the lapsi branches



the himals now get a pink tint





when the sun sets... the mountains start shedding their colours










so that was it... only himals... हिमालै हिमाल... मऔसमले एकदम साथ दिएको दिन, बिहान देखि रूप बदलिँदै गरेका काठमाण्डुबाट देखिने हिमालहरू !