Saturday 22 November 2014

हरियाली, बादल, पानी र रोपाईँ - posted on 20 july 2013


केही दिन अघि सप्तरी जाँदा र फर्कँदाका तस्बिरहरू हुन् यी । बर्खाको समय, जताततै हरियाली र पानीले छाएको छ मुलुक । रोपाईँको चटारो देखिन्थ्यो । मड्किलो पानीले मात्तिएका छन्  नदीनालाहरू । सुन्सरी र सप्तरीका फाँटहरू धेरै ठाउँमा डुबानमा थिए । 

त्रिभुवन एरपोर्टबाट उड्दा तल मनहरा खला छेउको बस्तीको दृश्य हो यो । खोलाको यत्ति नजिक बस्ति बसाउन दिएपछि, खोलामा अकस्मात बाढी आयो भने के हालत होला ? 
 खोलाको बगरका खेति योग्य जमीन घडेरीमा परिणत हुँदै छन् ...
 आवास क्षेत्रपनि  बिकसित हुँदै छन् त्यहीँ...
 खोलासँगै टाँसिएको यस्तो घडेरी लाई बिकसित किन गर्न दिइन्छ  होला?
 काठमाण्डु उपत्यकामा बादल भित्र छिरेपछि, एकैचोटी पुर्वेली डाँडामा बादल फाट्यो...
 नागबेली गरि बग्दै गरेको सुनकोशी
 बिमान ओरालीँदै जाँदा फेरि बाक्लो बादल देखियो ...
 केहि छिनमै मुसलधारे पानीले छोप्यो । पखेटा पछाडि बसेर होला सबै पानी सोहोरिएर यो झ्यालमाथिबाट बगेको । यस्तो त कहिल्यै पनि देखेकी थिइन मैले ! 
भिडियो यस्तो देखिने...
 बादलबाट निस्कँदा सुन्सरी माथिको जलमग्न खेतको दृश्य...
 जताततै पानी नै पानी
बिराटनगर बिमानस्थलमा उत्रने भन्दा ३ मिनेट अघि देखिको भिडियो । पानीमा नै उत्रन लागेको जस्तो देखिन्छ!
 बिराटनगरमा मुसलधारे पानी पररहेको थियो...
 कोशी नजिकैको गाऊँमा "हाम्रो बाटोमा गाडि किन ल्याएको?" भने जस्तै भैँसी र राँगाहरू
 कोशीको बाडिले सुकुमबासी बनाएकाको लागि निर्माण गरिएका धेरै आवास र चर्पीहरू  पत्रु हुँदै गइरहेकाछन्... आधा जस्तोमा त कोही पनि बस्दैनन् रे... नाङ्गा घर...
नाङ्गो चर्पी...
 कोशी बराजको छेउको मीठो खाना पाइने होटल । साहुजीले सबै दाउरा कोशीले बगाएर ल्याएकानै हुन् भन्नु हुन्थ्यो । "कता कता का डाँडाका रुखहरू , सल्ला छैन कि कुन रुखको दाउरा छैन र यहाँ?" भन्थे । 
सुहुजीले तारेको कोशीको सानो माछा...
 १९६४ मा उद्घाटन गरिएको ५६-ढोके कोशी बराज ...
 ... र त्यहाँबाट निक्लिएर भारतमा बग्दै गरेको  पानी...
मन्सूनले उत्तेजित भएको कोशी...
 सप्तरी जाँदा र आउँदा जताततै रोपाईँको चटारो देखियो । यहाँ  खेत जोतिँदै


नेपालको सबैभन्दा तरुनो पाहाडहरू । टेक्टनिक प्लेट ढेस्सिँदै जाँदा  जमिन खुमचिँदै अरु कत्ति नया पहाडहरू बन्ने होलान् !
 जमीनमा हरियाली, छानै भरि हरियाली...
 राजबिराजमा जमेको  पोखरीको पानीमा  तैरिएको फोहोरहरू
 होम्रो होटेल अगाडिको 'होटल'को छत बाट झरेको पानी...
 सडकमा भेल...
 तरकारी बेचेर फर्किएकी महिला
 बाटामा छछल्किएको पानी
झरीमा  चिया बेच्दै साहुनी
 अर्की साहुनी उसिनेको आलुको बोक्रा छोडाउँदै...
 परेको पानीको मौका छोपेर होटलको भाँडा माझ्दै केटी...
बिराटनगार तिर फर्कँदाको रोपाईँको दृश्य... 
 एक्लै रोपाँईमा खटिएकी महिला । पुरुषहरू बिदेशीएर कत्तिको मर्का पर्छ होला यस्तो व्यस्तताको समयमा...
छोराछोरीहरू सबैले सघाउने बेला हो यो...


 एक अर्कालाई मेलापातमा सहयोग गर्ने बेला हो यो...
गोरुहरूले मिहेनत गर्ने बेला हो यो । यो हल जोडीलाई यो केटाले यही जमेको पानी ले सफा गरे पछि हलो पनि सफा गर्दै छ...
 सारसले आहारा खोज्दै खेतमा...
भोलीको लागि रोपाईँ गर्न तयार पारिएको खेत
गर्मी छल्ने उपाय , पोखरीमा हामफाल... 
 जलमग्न खेतहरू
 जमेको पानीमा गाउँको छायाँ
 कोशीको बराजमा माछालाई सुइरोले रोप्न कुरेर बसेको ठिटो... हेर्दै आङ सिरिङ्ग हुने...
 बराजजो ढोकामा उछुट्टिएर जालमा परेका साना माछा...
 कोशीमा कत्तिको सिल्ट (माटो) हुन्छ भनेर यो स्लुइस गेटमा जमेको लेदोले प्रश्ट पार्छ । नेपालको झण्डै आधा जस्तो हिमालको सिल्ट सप्तकोशीले सोहोरेर ल्याउँछ ...
लुगा माथि सारेर गन्तब्यतिर लाग्दै पुरुषरू
कोशी किनारमा (पछाडि डाइक हो) चराउँदै केटाहरू 
 पानी बढेको खोलामा केराको थामसँगै पौडँदै केटाहरू


केटीहरू भने छेउमा माटोको घर बनाएर खेल्दैछन् !
 काम सकिएर घर तिर लम्कँदै बस्तु र खेताला
 हरियो पनि कत्ति थरिका !
 सुर्यास्त हुनु अघि रोपी सक्नु पर्‍यो झैँ लागेका  महिलाहरू...
 बिराटनगरबाट उड्दाखेरिको दृश्य
 गोधुलीमा कोशी... आकाशबाट
 कोशीमाथि पुग्दा ... कोशीले २००८ मा डाइक तोडेर सुन्सरीको गाउँहरूबाट आफ्नो पुरानो बाटो खोजेको ठाउँमा अझै बालुवाको थुप्रो देखिन्छ...
 एटिआर को पखेटामा सुर्यास्तको लाली पर्दा...
 नागबेली हुँदै फाँटतिर लम्केको खोला ...
पखेटामुनी फुलचोकी ... काठमाण्डु उपत्यका छिर्नै लाग्दाको दृश्य...

No comments:

Post a Comment