Saturday, 22 November 2014

आज कोट जाँदा - posted on 9 june 2012


यो ब्लग चाहीँ पूरै नेपालीमा होस् भनेर कम्मर कसेको!

आज दिउँसो कोट डाँडातिर लाग्दा बिच बाटोमा पानी पर्न थाल्यो । आहा! भन्ठानेको त, हरिसिद्धी भन्दा पर त छैन ! क्या बोर !
 बाँडेगाँउमा रोपाँइको लागि आकाशको पानी कुरेर बसेका खेतका गराहरू
 बिषंखुनारायणको मन्दीर मुनी कसको घर तिर लान डोजरले खोलेको नया बाटो । डोजरले बाटो छिटो त खोल्छ, तर बाटो त्यत्तिकै छिटो भत्किन्छ पनि, र भूःक्षय पनि निम्त्याउँछ । तर के गर्नु गाऊँतिर डोजर भनेकै बिकास जस्तो भइसकेको छ !
 बिष्टछापको उपत्यकाका खेतहरूपनि आकाशे पानीको पर्खाईमा । यो सुन्दर कुनोमा यो वर्ष देखि  केही खेतहरू इँटा बनाउनका लागि प्रयोग भए । अबको दुइ वर्षमा सबै खेत घडेरीमा परिणत हुने खतरा भई सक्यो ।
 हामी गाडी मन्दीर मूनी राखेर कोट डाँडातिर उक्लियौँ । रातो माटो को भिरालो मोडमा अहिेले ढलान गरिएको रहेछ । अब वर्षामा आउजाउ गर्न धेरै सजिलो हुने भयो ।
 एक महिना जति अघि डढेलोले झिल्साएला रुखहरू

 हाम्रो घरमा पानी त्यत्ति नपरेपनि, फुलहरू हाँस्न खोजेका रहेछन्



असारको पर्खाईमा फुल्न तयार परेको असारेफुल
 फलफुलको पनि प्रस्फुटन देखियो । यो लप्सीको बोट आफ्नो हाँगा बिँगा फैलाएर बसेको छ ।
 कटुसको घोच्ने खोल बढ्ने क्रममा छ
असिनले खोस्न नसकेको आँप
 साँच्चिकै ब्ल्याकबेरी (फोन होइन ! ) पाक्ने क्रममा 
 फर्कने बेला हमी विषंखुनारायणको मन्दिर हुँदै झर्ने बिचार गर्‍यौँ । मन्दिरको ठीक माथि एउटा एकदम राम्रो र लोकप्रिय पिकनिक र फिल्म शुटिंग स्थल छ ।
त्यहाँबाट बिष्टछाप, गोदाबरी र फुलचोकीको दृश्य देखिन्छ एकापटि
जापानी रक गार्डन जस्तो छ, त्यहाँ एक छेउमा 
 तर पिकनिक गर्ने बेला तिनै राम्रा ढुंगालाई काना पकाउनका लागि ओदानीको रुपमा प्रयोग गरेर कुरूप पारिएको छ ।  
 पिकनिकको रमझम गर्ने सिलसिलामा प्रयोग भएका सिसी, प्लास्टिकका सामान त्यसै तितर बितर छरिएको अवस्थामा भेटेँ । 
 आफुले पारेको फोहोर हामी किन सफा गर्न सक्दैनौ होला? त्यो पवित्र र रमणीय थलोलाई किन आफ्नै आँगन जस्तै ठानेर पहिले जस्तै सफा र सिनित्त राख्न नसक्ने हामी ?  पिकनिकमा प्रयोग गरेर फाल्न लायक सामान हामी आफु सितै फर्काएर लानु पर्छ नी !
 त्यो थलो मुनीको मन्दीर । यो काठमाण्डौँ उपत्यकामा रहेको चार नारायण मध्येको एक हो ।
 भगवान यो जाली पछाडिको सानो गुफामा हुनुहुन्छ !
 मन्दिरबाट तल झर्ने खुडकिला राम्रो बनाएइको छ ।
 तर यहाँपनि, मन्दिर भित्रबाट निक्लिएको प्रसाद र फोहोर त्यत्तिकै छरिएको देखियो ।
 मन्दिर लुकेको त्यो पहाडमा  चट्टानै चट्टानै देखिन्छ
 शहरमा त हामीले बच्चाहरू खेल्ने पार्क बनाएका छैनौ भने, गाँउमा त झन के कुरा । तर यी बच्चाहरूले त्यही सिँडीको रेलिंगमा चिप्लेटीको मज्जा लिन सिकेकाछन्

त्यस्तै रह्यो आजको कोटको छोटो ट्रिप !

No comments:

Post a Comment